*उत्तरपूर्व की दुई क्याबिन क्रु नङन्थोई शर्मा कोंगब्रैलात्पाम र लामनुनथेङ सिङसोन् —साथमा मनिषा थापा थिए दुर्घटनाग्रस्त एयर इंडिया विमानमा*
*अहमदाबाद विमान दुर्घटनाप्रति राजा चाल्र्सद्वारा शोक व्यक्त, उद्धारकर्मीप्रति सम्मान प्रकट* लण्डन/अहमदाबाद, जुन १२: अहमदाबादमा आज बिहान भएको दुखद विमान दुर्घटनापछि बेलायती सम्राट राजा चाल्र्सले गहिरो दुःख व्यक्त गर्दै पीडित र तिनीहरूको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। आधिकारिक सन्देशमा राजा चाल्र्सले आफु र रानी क्यामिलाले अहमदाबादमा घटेको “भयानक घटनाले अत्यन्तै स्तब्ध” बनाएको बताउनुभएको छ। उहाँले यो दु:खद घडीमा पीडितहरूको परिवार, आफन्तजनप्रति गहिरो समवेदना र विशेष प्रार्थना पठाउनु भएको छ। “धेरै राष्ट्रहरूका लागि गहिरो पीडादायक यो घटनाबाट प्रभावित परिवारहरू आफन्तको समाचार पर्खिरहेका छन्,” उहाँले भन्नुभयो। उहाँले आपतकालीन सेवामा खटिएका उद्धारकर्मीहरूको वीरता र सहायता प्रदान गरिरहेका सबैप्रति विशेष श्रद्धा अर्पण गर्नुभएको छ। राजा चाल्र्सको सन्देश अहिले विश्वभर साझा भइरहेको छ, जहाँ अन्य नेताहरूले पनि एकजुटता र सहानुभूति प्रकट गरिरहेका छन्। यसबीच भारतमा सम्बन्धित निकायहरूले उद्धार तथा राहत कार्य तीव्र पारिरहेका छन् र दुर्घटनाको कारण पत्ता लगाउन छानबिन भइरहेको छ। *अहमदाबाद ...
Comments
Post a Comment