सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन
सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन
नन्द किराती देवान
सेप्टेम्बर १, २०२५: मञ्च झिलिमिली, बत्ती चम्किलो र विश्वले हेरिरहेको क्षणमा सिक्किमकी छोरी बबिता मंगर थापा मगर ले दक्षिण एशियाली सङ्गीतको इतिहासमा आफ्नो नाम कोरिन्। नेपाल आइडल सिजन ६ को भव्य फाइनलमा बबिता फर्स्ट रनर-अप बनिन्, जसले उनको गृह राज्यलाई गर्व दिलायो र नेपाल, भारत तथा विश्वभरका नेपाली डायस्पोराको करोडौँ दर्शकहरूको प्रशंसा जितिन।
बबिताका लागि यो केवल गायन प्रतियोगिता मात्र होइन, यो सपना, संघर्ष र कलात्मक अभिव्यक्तिको यात्रासमेत थियो। उनका आत्मीय प्रस्तुति, प्रभावशाली मञ्च उपस्थिति र गीतहरूसँगको भावनात्मक सम्बन्धले उनलाई यो सिजनकी सबैभन्दा चर्चित स्वरहरूमध्ये एक बनायो।
नेपाल को अन्नपूर्ण मिडिया समुहको एपीवान टिभी (AP1 TV) बाट प्रत्यक्ष प्रशारण गरिएको ग्रान्ड फाइनलमा दर्शकहरू उत्साहपूर्वक आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई उत्साह दिन जुटेका थिए। कडा प्रतिस्पर्धामा सिन्धुपाल्चोकका गंगा सोनाम ले नेपाल आइडल सिजन ६ विजेता को उपाधि जित्दा, बबिताले फर्स्ट रनर-अपको स्थान सुरक्षित गरिन। उनले १० लाख नेपाली रुपैयाँ सहित विभिन्न प्रायोजन उपहार प्राप्त गरिन तर सबैभन्दा महत्वपूर्ण उपलब्धि भने उनको असाधारण पहिचान र दर्शकहरूको प्रेम थियो। यो क्षण अझै विशेष तब बन्यो जब नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ ले व्यक्तिगत रूपमा ट्रफी प्रदान गर्दै प्रतियोगिताको अन्तराष्ट्रिय महत्त्वलाई अझ प्रस्ट्याए।
यस सिजनलाई सङ्गीत क्षेत्रका प्रख्यात व्यक्तित्वहरू निहुँ बज्राचार्य, कालीप्रसाद बाँस्कोटा, र इन्दिरा जोशी ले निर्णायक मण्डली को दायित्वमा थिए। प्रतियोगिताका विभिन्न चरणहरूमा उनीहरूले बबिताको परम्परागत नेपाली सङ्गीत र आधुनिक शैलीलाई सन्तुलनका साथ प्रस्तुत गर्ने क्षमताको प्रशंसा गरे। भव्य फाइनललाई आसिफ शाह र करिश्माई रीमा विश्वकर्मा ले सञ्चालन गरे, जसले कार्यक्रममा ऊर्जा र रौनक थपे।
*ग्रान्ड फाइनलसम्मको यात्रा*
नेपाल आइडल सिजन ६ केही महिनाअघि नेपालभरका शहरहरू इतहरी, बर्दिबास, हेटौंडा, अत्तरैया, सुर्खेत, दाङ, पोखरा र काठमाडौँ मा अडिसनबाट सुरु भएको थियो। हजारौँ युवाहरूले आफ्नो भाग्य परिक्षण गरे तर थोरैले मात्रै टेलिभिजन राउन्डसम्मको यात्रा तय गर्न सके। प्रतियोगीहरूलाई थियटर राउन्ड (समूह, त्रियो, एकल), पियानो राउन्ड, गाला राउन्ड (जहाँ निर्णायक र दर्शक दुवैको मतको मान्यता रहेको थियो), र कठिन वाइल्डकार्ड राउन्ड हुँदै अन्ततः ग्रान्ड फाइनल सम्म ल्याइयो।
बबिताका प्रस्तुति निरन्तर सबैभन्दा विशिष्ट रह्यो। उनको स्वर शक्तिशाली र आत्मीय दर्शकसँग गहिरो सम्बन्धित रह्यो। हप्तैपिच्छे उनी दर्शक मनपर्ने कलाकार बनिन, नेपाल र भारत र विशेष गरी सिक्किम र उत्तरपूर्वी क्षेत्र दुवै राष्ट्रबाट समर्थकहरू उनको पक्षमा जुटे।
*नेपाल आइडल : स्वरहरूको धरोहर*
सन् २०१७ मा सुरु भएदेखि नेपाल आइडल केवल रियालिटी शो मात्र नभई सांस्कृतिक आन्दोलन बनेको छ। यसले नेपाली युवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गरेको छ।
यसको इतिहासमा विजेता हुने कलाकारहरू यस प्रकार छ। सिजन १ (२०१७): बुद्ध लामा, सिजन २ (२०१८): रवी ओड, सिजन ३ (२०२०): सज्जा चौलागाईं (पहिली महिला नेपाल आइडल), सिजन ४ (२०२२): भूपेन्द्र थापा मगर, सिजन ५ (२०२३): करण परियार अब बबिता मंगर थापा मगर सिजन ६ की फर्स्ट रनर-अप बनेर यो गौरवपूर्ण यात्रामा सिक्किमको नाम उजागर गरिन ।
*भारतको सिक्किम सिलगढी दार्जीलिङ रउत्तरपूर्वी अञ्चलमा खुसीको माहोल*
बबिताको सफलताको खबर फैलिँदै गर्दा सिक्किम सिलगढी दार्जीलिङ तथा उत्तरपूर्वी अञ्चलमा उत्सवको माहोल देखियो। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ (गोलय) ले हार्दिक बधाई दिँदै भने, “बबिताको उपलब्धिले उनको र परिवारको मात्र होइन, सम्पूर्ण सिक्किमको आत्मबल बढाएको छ। यसले फेरि प्रमाणित गर्यो कि हाम्रो राज्यका युवाहरूमा अन्तर्राष्ट्रिय स्तरमा चम्किन सक्ने अपार क्षमता छ।”
गान्तोकदेखि कालिम्पोङसम्म उनका प्रशंसक र समर्थकले उनलाई प्रेरणाको स्रोतका रूपमा सम्मान गरे। सामाजिक सञ्जालमा बधाई सन्देशहरूको बाढी आयो र सामुदायिक नेताहरूले बबिताले सिक्किमको सांस्कृतिक समृद्धिलाई विश्व स्तरमा उजागर गरेको प्रशंसा गरे।
*मञ्चभन्दा पर: युवाका लागि प्रेरणा*
यद्यपि बबिताले शीर्ष उपाधि थोरै मतले गुमाइन्, उनको उपलब्धि कुनै पनि हिसाबले कम छैन। उनी साना शहर र गाउँका आकांक्षी गायक/गायिकाका लागि प्रेरणा बनेकी छन, जसले प्रमाणित गर्छ कि प्रतिभा र समर्पणले अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सक्छ। उनको यात्रा नेपाल र भारतको सिक्किम राज्यबीचको सांस्कृतिक पुललाई पनि उजागर गर्छ, जहाँ नेपाली भाषी समुदायहरू समान भाषा र संस्कृतिबाट जोडिएका छन। बबिताको सफलता यस साझेदार सम्पदामा गुञ्जियो, जसले दुवै देशका दर्शकलाई एकताबद्ध गर्यो। नवप्राप्त पहिचानसँगै बबिताको भविष्य उज्ज्वल देखिन्छ। उद्योग विशेषज्ञहरू भन्छन्, उनले प्लेब्याक गायन, प्रत्यक्ष कार्यक्रम र स्थापित कलाकारहरूसँग सहकार्य गर्ने अवसर पाउने सम्भावना उच्च छ। सबैभन्दा महत्वपूर्ण कुरा, उनले एक निष्ठावान प्रशंसक समुदाय कमाएकी छन, जो उनको यात्रामा हरेक कदममा साथ दिनेछन।
*बबिताको आवाज अझै गुञ्जिरहनेछ*
बबिताका लागि उनको यात्राको सार केवल प्रसिद्धिमा छैन, बरु अरूलाई प्रेरणा दिनुमा छ। उनले अघिल्लो अन्तर्वार्तामा भनिन “सङ्गीत मेरो भावनाहरू व्यक्त गर्ने र मानिसहरूसँग जोडिने माध्यम हो।” नेपाल आइडल सिजन ६ को पर्दा झर्दा एउटा कुरा स्पष्ट भयो बबिता थापा मगरको स्वर फाइनलसँगै हराउने छैन। उनी एक असाधारण प्रतिभा हुन, जसले सङ्गीतलाई एकता, गौरव र प्रेरणाको शक्ति बनाएकी छन । उनको उपलब्धि केवल आफ्ना लागि मात्र नभई उनको परिवार, सिक्किमका जनतालाई र सम्पूर्ण गोर्खा समुदायका लागि एउटा महत्वपूर्ण माइल खुट्टी बनेको छ। यो प्रमाण हो कि उत्साह, धैर्य र सांस्कृतिक गर्वले सपनालाई वास्तविकतामा बदल्न सक्छ बबिताको यात्रा अब मात्र सुरु भएको होर संसारले उनको स्वर सुन्दै रहनेछ।
Comments
Post a Comment