दिवंगत पवित्र आत्मा स्व. श्री दीपक शर्मा जिऊ को लागी श्रद्धांजलि अर्पित गर्ने 9 September 2025 म तेह्रौँ दिनको पूजा–पाठ एवं संस्कार (तेह्रौँ) मा वहा को निवास स्थानम उपस्थित भई हामीसँग मिलेर आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहोस।



Message from Rajeev Sharma: 

With deep sorrow, I inform you that my father, Shri Deepak Sharma, passed away yesterday. He was a dedicated social worker and BJP politician from the Dooars, West Bengal, who worked tirelessly for the people throughout his life.


We request you to keep him in your prayers and fond memories. His life was one of service, commitment, and kindness, and we hope to carry forward his values.

He was ill for sometime and was going under treatment in Max Super Speciality Hospital, Dehradun


 



*श्रद्धाञ्जली एवं निमन्त्रण पत्र*


गहिरो श्रद्धा र विनम्र हृदयका साथ

हामी आफ्ना प्रिय पिताजी,

स्व. श्री दीपक शर्मा

(जन्म : २ अक्टोबर १९५६ – स्वर्गवास : २९ अगस्ट २०२५)

लाई नमनपूर्वक स्मरण गर्दछौं।


उनको जीवन परिवार र समाजका लागि एक आशीर्वाद थियो,

उनको स्मृति भने हाम्रो लागि सदैव एक अनमोल धरोहर रहनेछ।

उनी शब्दभन्दा बढी प्रेम गरिएका थिए र उनको कमीलाई

कसैले पनि कहिल्यै पूरा गर्न सक्दैन।


यस शोकको घडीमा,

हामी शोकाकुल परिवार, विनम्र अनुरोध गर्दछौं कि

तपाईंले आफ्नो अमूल्य समय निकालि

उनको पवित्र आत्माको शान्ति तथा मोक्षको लागि आयोजना गरिएको

तेह्रौँ दिनको पूजा–पाठ एवं संस्कार (तेह्रौँ)

मा उपस्थित भई हामीसँग मिलेर आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहोस।


📅 मिति : 9 सेप्टेम्बर 2025 (मंगलवार)

🕛 समय : बिहान १२:०० बजेदेखि

📍 स्थान : हाम्रो निवास, देहरादून

99B ARC Road , Purkul more , Dehradun


तपाईंको स्नेहपूर्ण उपस्थिति, प्रार्थना र सान्त्वनाका शब्दहरूले

यस दुःखद घडीमा हाम्रो परिवारलाई अपार शक्ति र धैर्य प्रदान गर्नेछ।


🙏 शोकाकुल परिवार 🙏

आमाजी : श्रीमती इन्दिरा शर्मा

पुत्रगण : श्री चिरञ्जीव कुमार शर्मा, श्री राजीव शर्मा

तथा सम्पूर्ण शर्मा परिवार



ठेगाना, 


99B Arc Road , Purkul more , Dehradun


सवै उत्तराखण्ड निवासी गोर्खा दाज्यु भाई दिदी बहिनीहरूलाई अनुरोध गर्दछु कि यस दु:खद घडिमा आज सबै उपस्थित भएर श्रदाञ्जलि अर्पण गरिदिन आग्रह गर्दछु। 


बिनित

सघन मोक्तान


दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँले मानव जीवनमा गरेका उदार कार्यहरू सधैं हाम्रो स्मरणमा रहिरहने छन्। जनहित र समाज सेवामा गरेको अमूल्य योगदान सदा अमर रहनेछ।

उहाँले जीवनमा गरेको संघर्ष र परोपकारले हामी सबैलाई प्रेरणा दिएको छ।

दिवंगत आत्माको चिरशान्तिका लागि गोरखा इंटरनेशनल सदा स्मरण गरिरहनेछ।

शोकस्तब्ध परिवारलाई यो गहिरो क्षति सहन शक्ति मिलोस् भन्ने कामना गर्दछौं। उहाँको आत्माले परमशान्ति पाओस्।

ॐ शान्ति: ॐ शान्ति: ॐ शान्ति:

संजय मल्ल

अंतर्राष्ट्रीय संस्थापक अध्यक्ष व संपादक 

गोरखा इंटरनेशनल 

Comments

Popular posts from this blog

सिक्किमकी बबिता थापा मगर नेपाल आइडल सिजन ६ की उप विजेता बनिन

सुशीला कार्की को नेपाल की अंतरिम प्रधानमंत्री नियुक्त किया गया Gen Z आंदोलन को वीडियो दृश्य

उत्तराखंड में शिक्षा क्षेत्र में ऐतिहासिक कदम: अल्पसंख्यक शिक्षा प्राधिकरण के गठन का प्रस्ताव कैबिनेट से मंजूर Historic Step in Uttarakhand’s Education Sector: Cabinet Approves Formation of Minority Education Authority

हिमालय के एवरेस्ट बेस कैंप पर भारत और नेपाल के लोगों ने मनाया स्वतंत्रता दिवस