डा. शान्ति छेत्री कलकत्ता गौड़ बङ्ग विश्वविद्यालयका उपकुलपति पदमा ३ मार्च २०२१ पूर्वाह्न कार्यदायित्व ग्रहण गर्नेछन्

 उपकुलपति पदमा डा. शान्ति छेत्री

कलकत्ता, २७ फरवरी 

        २५ फरवरी २०२१-मा पश्चिम बङ्ग प्रशासनको उच्च शिक्षा विभागले प्रकाशित गरेको अधिसूचनाअनुसार जपलाइगढीको प्रसन्नदेव महिला महाविद्यालयका प्राचार्य डा. शान्ति छेत्रीलाई गौड़ बङ्ग विश्वविद्यालयका उपकुलपति पदमा नियुक्त गरिएको छ। २ मार्च २०२१ अपराह्न वर्तमान उपकुलपति प्रो. चञ्चल चौधरीको कार्यकाल पूरा भएपछि आगामी ४ वर्षका लागि ३ मार्च २०२१ पूर्वाह्न डा. छेत्रीले उपकुलपतिको  कार्यदायित्व ग्रहण गर्नेछन् 





     अर्थशास्त्र विषयमा उत्तर बङ्ग विश्वविद्यालयबाट एम. ए. पीएच. डी. बनेका डा. छेत्री आफ्नो प्रारम्भिक शिक्षण व्यवसायको थालनीमा दार्जिलिङको सन्त जोसेफ्स महाविद्यालयमा व्याख्याता र वरिष्ठ व्याख्याता थिए। त्यसपछि प्रपाठक अनि उपप्राध्यापक बनेका डा. छेत्री प्रसन्नदेव महिला महाविद्यालयमा लामो समयसम्म प्राचार्य रहेका छन्। 

      अधिसूचनाअनुसार उनले आगामी ३ मार्च २०२१-देखि गौड़ बङ्ग विश्वविद्यालयका उपकुलपति पद ग्रहण गर्ने थाहा लागेको छ। 

       अलिपुरद्वारको छिप्रा बस्तीमा जन्मेका र हुर्केका छेत्रीले अर्थशास्त्र विषयमा आधिकारिक लेखहरू विभिन्न शोध पत्रिकातिर प्रकाशित गरिसकेका छन्। १९८०-को दशकका प्रारम्भिक वर्षमा उनी उत्तर बङ्ग विश्वविद्यालयका एकजना सफल छात्रनेता थिए। विपक्षी समूहमा पनि पात्रता बनाइराख्नाका साथै शिक्षण क्षेत्रमा कुशल प्रशासकीय वरीयता सिद्ध गरिसकेका छन्।

      स्मरण गराइन्छ कि डा. शान्तिकी पत्नी र छोरो पनि शिलगढी कलेजमा शिक्षण व्यवसायमै छन्। 

०००

News courtesy :

'हिमालय दर्पण', शिलगढी, १ मार्च २०२१, पृ० ४

http://epaperhimalayadarpan.com/ArticlePage/APpage.php?edn=Siliguri&articleid=HIMALAYADA_SIL_20210301_4_1&artwidth=41.93333333333333px




Comments

Popular posts from this blog

*उत्तरपूर्व की दुई क्याबिन क्रु नङन्थोई शर्मा कोंगब्रैलात्पाम र लामनुनथेङ सिङसोन् —साथमा मनिषा थापा थिए दुर्घटनाग्रस्त एयर इंडिया विमानमा*

हनीमूनको नाममा हत्या : इन्दौरका राजा रघुवंशीको चेरापुँजीमा हत्या, पत्नी सोनमले गाजीपुरमा आत्मसमर्पण

उत्तर प्रदेश में गोरखा समुदाय को ओबीसी में शामिल करने के लिए माननीय ओबीसी आयोग के आदेश का उलंघन कर लेखपालों द्वारा गोरखा समुदाय के साथ किए जा रहे अन्याय करने के सम्बन्ध में आगे की रणनीति बनाने के सम्बन्ध में विचार विमर्श

मिस हिलाङ याजिकलाई बधाई! 🌟India’s Yajik Hillang wins a Gold and a silver medal at the 15th South Asian Bodybuilding and Physique Sports Championships 2025 held at Thimphu in Bhutan on Saturday (June 14). १५औं दक्षिण एसियाली बडिबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०२५ मा भुटानको थिम्पुमा आयोजित प्रतियोगितामा मिस हिलाङ याजिकले अद्वितीय सफलता प्राप्त गर्नुभएकोमा हामी अत्यन्त गर्वित छौं!

🎸 GATC performs in America Got Talent : सिक्किम र भारतको लागि ऐतिहासिक उपलब्धि! 🇮🇳🌍

राष्ट्रपति द्रोपदी मुर्मू ने देहरादून में 11वा अंतर्राष्ट्रीय योग दिवस मनाया